नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको आज सम्पन्न ३६ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७९।८० लाभांश पारित भएको छ। कम्पनीको काठमाडौंको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा सम्पन्न सभाले अघिल्लो आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर सहित १०.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
लाभांश पारित भएसँगै कम्पनीको हाल कायम चुक्ता पूँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँ रहेकोमा ४ प्रतिशतको बोनस सेयर थप भएपश्चात कुल चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ रुपैयाँ पुगेको छ ।
सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि सभाले स्वीकृत गरेको छ। तेस्तै, आव २०८०।८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।साथै, कम्पनीले मर्चेन्ट बैंकिङ क्षेत्रमा नेशनल क्यापिटल लिमिटेड नामक एक सहायक कम्पनीको स्थापना गरी संचालनको प्रकृया अघि बढाएको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि साउन २४ गते बुक क्लोज गरिसकेको छ । जस अनुसार साउन २३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन ।












![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)






![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया