नेपाल सोलार फार्म लिमिटेडले आफ्नो छैठौं वार्षिक साधारण सभा कात्तिक १४ गतेका दिन तनहुँमा दिउँसो २ बजे डाकेको छ।
असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो। सभामा कम्पनीको वार्षिक प्रतिवेदनसहितका आर्थिक विवरणहरू पारित गरिनेछ। साथै, सञ्चालकहरूको नियुक्ति र अनुमोदनसमेत गरिनेछ।
यसअघि, कम्पनीले गत जेठ १ गते सम्पन्न विशेष साधारण सभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित गरेको थियो।




















प्रतिकृया