नेपाल राष्ट्र बैंकले एक सय रूपैयाँका ३० करोड नोट छाप्ने निर्णय गरेको छ।
यसका लागि नोटको डिजाइन, छपाई, र डेलिभरीको टेण्डर चिनियाँ कम्पनीलाई दिइएको छ । चिनियाँ बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले सबैभन्दा कम बोली दिएपछि यो टेण्डर उसैलाई दिइएको हो।
३० करोड वटा एक सय रूपैयाँका नोट छाप्न कम्पनीले ८९ लाख ९६ हजार पाँच सय ९२ डलरको लागत प्रस्तुत गरेको छ, जुन आजको विनिमय दर अनुसार एक सय ३४ रूपैयाँ २४ पैसामा आधारित छ।
यस अनुसार, एक सय रूपैयाँको प्रत्येक नोटको लागत चार रूपैयाँ दुई पैसा हुनेछ।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया