नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ ३ गते
नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल पुनर्बीमा कम्पनी (NRIC) को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि आइतबार अर्थात् जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले कम्पनीको सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले जेठ १७ गतेका लागि नवौं वार्षिक साधारणसभा बोलाएको छ । सभा अनुपम फुडल्यान्ड एन्ड ब्याङ्क्वेट, बत्तीसपुतलीमा बिहान साढे ९ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीका ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको खर्चलाई अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, नेपाल सरकारबाहेक संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

#BajarkoChirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स