नेपाल धितोपत्र बोर्डको निबन्ध प्रतियोगिता, प्रथम हुनेलाई २५ हजार पुरस्कार

नेपाल धितोपत्र बोर्डको निबन्ध प्रतियोगिता, प्रथम हुनेलाई २५ हजार पुरस्कार
Advertisement Ads

नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह २०२४ को अवसरमा निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले आगामी कात्तिक ६ देखि १२ गतेसम्म विभिन्न कार्यक्रमहरु आयोजना गर्ने क्रममा निबन्ध प्रतियोगिता आयोजना गर्न लागिएको बताएको छ ।

उक्त प्रतियोगिताका लागि विभिन्न विश्वविद्यालय तथा सो अन्तर्गतका क्याम्पस र कलेजमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत इच्छुक विद्यार्थीहरुले ‘फन्डामेन्टल इन्भेष्टिङ इन क्यापिटल मार्केट’ र  ‘प्रिभेन्सन अफ फ्रड स्क्याम इन क्यापिटल मार्केट : रोलअफ इन्भेष्टर्स,मार्केट इन्टरमेरियडिज एन्ड रेगुलेटर’ शिर्षकमा निवन्ध लेख्नुपर्नेछ ।

निबन्ध कम्तिमा १ हजार ५०० र अधिकतम ३ हजार शब्दमा नबढाइकन नेपाली वा अंग्रेजी माध्यममा लेखेको हुनुपर्नेछ । उक्त निबन्ध  पठाउँदा अध्ययनरत क्याम्पस र कलेजको सिफारिस अनिवार्य रुपमा संलग्न गर्नु पर्नेछ ।

उक्त निबन्ध वर्ड फर्म्याटमा इमेल ठेगाना [email protected] मा पठाउनु पर्नेछ । धितोपत्र बोर्डका अनुसार उक्त निबन्ध उत्कृष्ट ठहरिएमा प्रथम पुरस्कार वापत २५ हजार, द्वितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कारवापत १० हजार रुपैयाँ दिइने छ ।

SEBON NOTICE https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%a7%e0%a4%bf%e0%a4%a4%e0%a5%8b%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0-%e0%a4%ac%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%8b-%e0%a4%a8 | %tags

Advertisement Ads

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स