SHAREHUBSHAREHUB

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पिक छनोट हुँदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख २३ गते
AdvertisementAds
नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पिक छनोट हुँदै
AdvertisementAds

आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने भएको छ । नेपालले पहिलो पटक हुन लागेको प्रतियोगिता यही वैशाख ३१ देखि जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा आयोजक नेपाल सहित, बङ्गलादेश, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका २० जना खेलाडीको सहभागिता रहने टेबल टेनिस खेलका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जानकारी दिए ।

छनोटमा दक्षिण एसियाली राष्ट्र भारत भने विश्व वरियाताको शीष आठ भित्र रहँदै यसअघि नै छनोट भइसकेको छ । प्रतियोगितामा हरेक देश बाट समान दुई पुरुष र दुई महिला खेलाडीको सभागिता रहनेछ । यस मध्ये समान एक पुरुष र एक महिला खेलाडी फ्रान्सको पेरिसमा हुने ओलम्पिक खेलका लागि छनोट हुनेछन् ।

लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने उक्त छनोट खेलमा नेपाल बाट संयोग कपाली, स्यान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले सहभागिता जनाउनेछन् ।

#bajarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स