निष्क्रिय कर्जा घट्दा नेपाल फाइनान्सका अन्य सूचक कस्ता देखिए ?

निष्क्रिय कर्जा घट्दा नेपाल फाइनान्सका अन्य सूचक कस्ता देखिए ?

नेपाल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिकसम्मको अपरिस्कृत वित्तीय विवरणमा प्रकाशित गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा फाइनान्सको खराब कर्जा अनुपात घटेको देखिएको छ ।

वित्तीय विवरणका अनुशार गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नेपाल फाइनान्सको निष्क्रिय कर्जा १२.१६ प्रतिशतबाट घटेर ९.११ प्रतिशतमा आएको छ। यस्तै खुद नाफा १०.०१ प्रतिशतले घटेर १ करोड ८१ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । फाइनान्सलाई अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ करोड १ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा नेपाल फाइनान्सको कुल सञ्चालन आम्दानी ५.८९ प्रतिशतले बढेर १४ करोड ६१ लाख रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा १०.०३ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा फाइनान्सको निक्षेप र कर्जा प्रवाह दुवै बढेको छ। फाइनान्सले २ अर्ब ५५ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गर्दा २ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। कम्पनीको जगेडा कोषमा २७ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा २० करोड रुपैयाँ ऋणात्मक देखिएको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.४८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३७.१२ रुपैयाँ रहेको छ।

Financial 1080 x 1080 px 3 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a4%bf%e0%a4%b7%e0%a5%8d%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%be-%e0%a4%98%e0%a4%9f%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%a8%e0%a5%87 | %tags

यो पनि पढ्नुहोस : नेपाल फाइनान्सको ‘कायापलट’ गराउन सक्ने यो ‘केस’ सर्बोच्चमा, फैसलाको प्रतीक्षामा कम्पनी | Bajarko Chirfar

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स