ढकाल भन्छन्, ’रवि फेरी मन्त्री खान पाइन्छ कि भनेर टाँसिइरहेका छन्’

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २६ गते
ढकाल भन्छन्, ’रवि फेरी मन्त्री खान पाइन्छ कि भनेर टाँसिइरहेका छन्’

रास्वपा नेता मुकुल ढकालले गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछाने संविधानको धारा ७६ (३) अन्तर्गतको सरकार बन्ने र ‘फेरि खाउँला’ भनेर सरकारमा टाँसिरहेको बताएका छन्।रास्वपाको कारबाही पछी आज (बुधबार) पत्रकार सम्मेलनमार्फत आफ्नो कुरा राख्दै उनले त्यस्तो बताएका हुन्।

‘आजको रविलाई प्रचण्डको शैली मन पर्छ। कता न कता ओलीको शैली मन पर्छ। र अझै पनि ७६ (३) अन्तर्गत देउवाको सरकार बन्ला कि ! अनि सरकारमा जान पाइएला कि भनेर उहाँ सरकारमा अहिले पनि टाँसिराख्नुभएको छ। भनेपछि देउवाको शैली पनि उहाँलाई मन पर्छ’, उनले भने, ‘देउवा, प्रचण्ड र ओलीको शैली मन पर्नेलाई मुकुल ढकालको शैली बालपना लाग्न सक्छ। मलाई मतलब छैन।’

रवि राजीनामा दिन बालुवाटार पुगेर पनि फेरि राजीनामा पत्र गोजीमै बोकेर फर्किनुलाई सभापति लामिछानेको बालापना भएको उनले भनेका छन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स