एनसेलका ग्राहकले अब डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन पाउने भएका छन् । एनसेलले फेसबुकको मातृसंस्था मेटासंग एनसेलका ग्राहकहरुलाई ब्यालेन्स बिना पनि इन्टरनेट र फेसबुक चलाउन सम्झौता गरेको छ ।
एनसेलले मेटासँगको सहकार्यमा मंगलबारदेखि लागू हुने गरी दुई एप ‘फेसबुक बेसिक मोड’ र ‘डिस्कभर’ सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार डिस्कभरले टेक्स्ट मात्र हेर्न सकिने गरी इन्टरनेट ब्राउजिङको सुविधा दिनेछ भने फेसबुक बेसिक मोडमा टेक्स्ट र फोटो सहित फेसबुकमा पहुँचको सुविधा पाउनेछन् ।विशेष गरी टुजी मोबाइल सेट बोक्ने ग्राहकहरूका लागि इन्टरनेटको अनुभवका साथ सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।
साथै , स्वास्थ्य एवं सुरक्षा सम्बन्धी विश्वासिलो जानकारीहरुमा सहज पहुँचका लागि डिस्कभरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विश्व स्वास्थ्य संगठनको वेबसाइटहरु बुकमार्क गरिएको छ।














![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया