उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुले गृह मन्त्रालयले गर्ने कामकारबाहीलाई नजिकबाट हेरिरहने बताएका छन् । उनले गृहमन्त्रालय बाट बिदा हुँदै गर्दा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफ्नो कार्यकालमा बनेका आधारहरू नभत्क्याउन नयाँ बन्ने सरकारलाई आग्रह समेत गरेका छन्। उनले भने, ‘जुन आधार बनाएका छौँ, त्यो नभत्कियोस्।’
गृह सचिव, सुरक्षा निकायका प्रमुखहरु समेत उपस्थित विधाई कार्यक्रममा लामिछानेले खबरदारी गर्ने निकाय नहुँदा शान्ति सुरक्षामा प्रभाव नपरोस् भन्ने आग्रह गरेका छन्। उनले भने,‘खबरदारी गर्ने निकाय नहुँदा, विशेषगरी भागबन्डामा गाँजिएको हाम्रो समाजमा शान्ति, सुव्यवस्था र अनुसन्धानमा कुनै प्रभाव नपरोस्। ,’














![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया