छ वटा कम्पनीको लाभांश सुरक्षित गर्न आज (असोज १०) अन्तिम दिन हो। लाभांश वितरणका लागि एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १, र नबिल ब्यालेन्स्ड फण्ड २ ले असोज ११ गते, शुक्रबार बुक क्लोज गर्दैछन्।
त्यस्तै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले साधारण सभा र लाभांश वितरणका लागि भोलि बुक क्लोज गर्दैछ भने साहस उर्जाले असोज १३ गते, आइतबार बुक क्लोज गर्नेछ। यी सबै कम्पनीहरूको बुक क्लोजअघिको अन्तिम कारोबार दिन आजै हो।
एनएमबि ५० ले गत आर्थिक वर्षको नाफाबाट इकाइधनीलाई करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ भने एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले ५ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड २ ले ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरिसकेका छन्।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २३ गते, बुधबार, अनमोल बैंक्वेट, शंखमुल, नयाँ बानेश्वर, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सभामा १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।
साहस उर्जा लिमिटेडले कात्तिक ४ गते, आइतबार, कार्की बैंक्वेट, बबरमहल, काठमाडौँमा ४ आर्थिक वर्षको संयुक्त साधारण सभा बोलाएको छ। सभामा ८ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ। साथै, बोनस सेयरपछि कायम हुने पूँजीको १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया