रंगक्षेत्रमा पारिश्रमिक महँगो लिने तर सरकारलाई कर नतिर्ने भन्ने विषयको चर्चा हुने गर्छ। पारिश्रमिकको विषयलाई लिएर चर्चामा आउने पात्र हुन अनमोल केसी। गत जेठ १० गते रिलिजमा भएको उनले अभिनय गरेको फिल्म ‘फर्की फर्की’मा ५० लाख रुपैयाँ पारिश्रमिक लिएको र ७ लाख ५० हजार रुपैयाँ सरकारलाई कर तिरेको विवरण फिल्मका निर्माता रोहित अधिकारीले सार्वजिक गरेका छन्।
नेपालमा कलाकारहरूले महँगो पारिश्रमिक लिए पनि सरकारलाई कर तिर्ने बेला थोरै कर तिर्ने गरेको चर्चा हुने गर्दछ । निर्माता अधिकारीले सामाजिक संजालमा अनमोलले लिएको पारिश्रमिक र तिरेको करको डाटानै सार्वजनिक गरेका हुन्।
















प्रतिकृया