ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ ले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ। भदौ २८ गते शुक्रबार बिहान बसेको ग्लोबल आईएमई क्यापिटलको सञ्चालक समितिको बैठकले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट इकाइधनीलाई ५ प्रतिशतका दरले हुन आउने ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ प्रतिफल दिने भएको हो।


प्रतिकृया