भारतको उत्तर प्रदेश राज्यमा शनिबार राति एक दर्दनाक र अनौठो घटना भएको छ। उत्तर प्रदेशको बरेली र बदायुंको सीमामा स्थित रामगंगा नदीमा फरिदपुर-बदायुंको दातागञ्जलाई जोड्ने एक अधुरो निर्माणधीन पुलबाट ट्याक्सी परमिट लिएको कार नदीमा खसेको हो।
समाचार अनुसार, उक्त कारमा सवार तीनजना यात्रुहरू गुगल म्यापको सहायतामा गन्तव्यतिर जाँदै थिए, र उनीहरूलाई पुलको अधुरो निर्माणको बारेमा जानकारी थिएन। तीव्र गतिमा चलिरहेको उक्त कार जब अधुरो पुलको समाप्ति बिन्दुमा पुग्यो, त्यसपछि २५ फिट तल रामगंगा नदीमा खस्यो।
गति अत्यधिक रहेकाले चालकले कार रोक्न सकेन र घटनास्थलमै तीनजनाको ज्यान गयो। एबीपी न्यूजका अनुसार, तीव्र गतिमा कार पुलबाट खसेपछि चालकसहित सबै सवार यात्रुहरूको घटनास्थलमै मृत्यु भएको छ।














![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया