गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर १९ गतेबाट पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको मध्ये २ करोड २५ लाख रुपैयाँको प्रतिसेयर १०० रुपैयाँ अंकित दरले कुल २ लाख २५ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो। यस्तै, कम्पनीले आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि पुष ३ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि-आस्बा सदस्य बैंक तथा वित्तिय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो सेयर सफ्टवेयर प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिनेछ।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)







![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया