insta insta

क्रिस्टियानो रोनाल्डोको ऐतिहासिक उपलब्धि, बने ९०० गोल पूरा गर्ने पहिलो खेलाडी

क्रिस्टियानो रोनाल्डोको ऐतिहासिक उपलब्धि, बने ९०० गोल पूरा गर्ने पहिलो खेलाडी
Advertisement Ads

पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो ९ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। उनले यो उपलब्धि नेसन्स लिगमा क्रोएसियाविरुद्ध २-१ को जितमा दोस्रो गोल गर्दै हासिल गरे। ३९ वर्षीय रोनाल्डोले खेलको ३४ औं मिनेटमा नुनो मेन्डेसको क्रसमा भलिमा गोल गर्दै यो ऐतिहासिक क्षण पूरा गरेका हुन्।

रोनाल्डोले पोर्चुगलका लागि २० वर्षको अन्तरालमा १ सय ३१ गोल गरेका छन्। गोल गरेपछि भावुक हुँदै घुँडा टेक्दै खुसी मनाएका थिए।

डिओगो डालोटले सातौं मिनेटमा पहिलो गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए, तर ३१ औं मिनेटमा डालोटकै आत्मघाती गोलले स्कोर २-१ मा पुगेको थियो।

रोनाल्डोले आफ्नो ९ सय गोलको कीर्तिमान स्पोर्टिङ लिस्बनबाट ५, म्यानचेस्टर युनाइटेडबाट १ सय ४५, रियल म्याड्रिडबाट ४ सय ५०, युभेन्टसबाट १ सय १ र अल नासरबाट ६८ गोल गर्दै बनाएका छन्।

नेसन्स लिगको समूह एमा पोर्चुगल र पोल्याण्ड दुवै ३ अंकमा छन्।

viber image 2024 09 06 07 40 46 241 https://bajarkochirfar.com/%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8b-%e0%a4%b0%e0%a5%8b%e0%a4%a8%e0%a4%be%e0%a4%b2%e0%a5%8d%e0%a4%a1%e0%a5%8b%e0%a4%95%e0%a5%8b | %tags

viber image 2024 09 06 07 41 14 807 https://bajarkochirfar.com/%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%af%e0%a4%be%e0%a4%a8%e0%a5%8b-%e0%a4%b0%e0%a5%8b%e0%a4%a8%e0%a4%be%e0%a4%b2%e0%a5%8d%e0%a4%a1%e0%a5%8b%e0%a4%95%e0%a5%8b | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स