SHAREHUBSHAREHUB

क्यानडाले ७० हजार विदेशी विद्यार्थीलाई फिर्ता पठाउन सक्ने, विद्यार्थीहरु आन्दोलनमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १४ गते
AdvertisementAds
क्यानडाले ७० हजार विदेशी विद्यार्थीलाई फिर्ता पठाउन सक्ने, विद्यार्थीहरु आन्दोलनमा
AdvertisementAds

क्यानाडामा सङ्घीय अध्यागमन नीतिहरूमा भएको परिवर्तनका कारण ७० हजार भन्दा बढी विदेशी विद्यार्थीहरू आफ्नै देशमा फिर्ता हुनुपर्ने जोखिममा परेका छन्।

प्रधानमन्त्री जस्टिन ट्रुडो सरकारले अध्यागमन नीति परिवर्तन गर्दै अध्ययन अनुमति (स्टडी परमिट) सीमित गर्ने र स्थायी बसोबास (पीआर) का लागि मनोनयन संख्यामा कटौती गर्ने निर्णय लिएको थियो। सो निर्णयको विरुद्धमा अहिले विद्यार्थीहरूले देशभर विरोध प्रदर्शन गरिरहेका छन्।

सरकारको यो निर्णयका विरोधमा क्यानडाका विभिन्न ठाउँहरूमा प्रदर्शन भइरहेका छन्। विद्यार्थीहरूले प्रिन्स एडवर्ड आइल्यान्ड, ओन्टारियो, मनिटोबा र ब्रिटिश कोलम्बियामा क्याम्पहरूनै स्थापना गरेर र्‍यालीहरू आयोजना गरिरहेका छन्। युवा समर्थन नेटवर्क भनिने एक विद्यार्थी वकालत समूहका प्रतिनिधिहरूले क्यानडाका सञ्चारमाध्यमलाई यस वर्षको अन्त्यमा स्नातक तहका धेरै विद्यार्थीहरूको वर्क परमिट सकिने भएपछि देशनिकाला हुनुपर्ने स्थिति सामना गर्नुपर्ने बताएँका छन्।

नयाँ प्रान्तीय नीतिहरूले स्थायी बसोबासको मनोनयनमा २५ प्रतिशत कटौती गरेको छ। क्यानाडाको इमिग्रेसन, रिफ्युजी एण्ड सिटिजनसिप (IRCC) का अनुसार, यस वर्ष लगभग ३ लाख ६० हजार विद्यार्थीले अध्ययन अनुमति पाउने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले कम हो।

इन्डिया टुडेबाट अनुवादित

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स