काठमाडौं महानगरपालिकाभित्र तिहारमा प्लास्टिकका फूलमाला बेचे कारबाही हुने

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १३ गते
काठमाडौं महानगरपालिकाभित्र तिहारमा प्लास्टिकका फूलमाला बेचे कारबाही हुने
Advertisement Ads

काठमाडौं महानगरपालिकाले स्वदेशी फूल उत्पादनलाई प्रोत्साहन गर्न यस वर्ष महानगर क्षेत्रमा प्लास्टिकका फूलको विक्रीमा प्रतिबन्ध लगाएको छ। मेयर बालेन्द्र शाहले यो कदमसँगै स्थानीय किसानलाई सहयोग पुर्‍याउन ४६ स्थानमा स्वदेशी फूल विक्री र वितरणका लागि व्यवस्था मिलाएको जानकारी दिए।

तिहार पर्व सुरु हुने समयमा काठमाडौंमा प्रतिबन्धित प्लास्टिकका फूल व्यापक मात्रामा देखिएको भन्दै मेयर शाहले महानगरपालिकाले प्रदर्शनी मार्ग, भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरजस्ता स्थानमा विशेष बजार व्यवस्था गरेको उल्लेख गरे। यस वर्ष, किसान र व्यवसायीहरूलाई मल, मार्ट, पार्क, पार्टी प्यालेसजस्ता सार्वजनिक स्थलमा पनि फूल विक्री गर्ने सुविधा दिइएको छ।

मेयर शाहले व्यापारीहरूलाई प्लास्टिकका फूल र अन्य सजावटका सामग्री विक्री नगर्न निर्देशन दिएका छन्। साथै, उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानहरूको समर्थन गर्न अनुरोध गर्दै, लुकिछिपी प्लास्टिक फूल बेच्नेलाई कानुन अनुसार कारबाही गरिने चेतावनी पनि दिएका छन्।

balen https://bajarkochirfar.com/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%82-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स