insta insta

काठमाडौँ महानगरले कक्षा ११ मा छात्रवृत्ति कोटामा आवेदन खुलायो

काठमाडौँ महानगरले कक्षा ११ मा छात्रवृत्ति कोटामा आवेदन खुलायो
Advertisement Ads

काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवेदन खुल्ला  गरेको छ।

कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि काठमाडौं महानगरपालिकाले अनलाइन आवेदन खुलाएको हो । इच्छुक विद्यार्थीले अनलाइन प्रणालीबाट भोलि (असार  १५) गते देखि असार २९ गते  सम्म आवेदन दिन सक्नेछन् ।

महानगरले खुलाएको वेभ ठेगानामा गएर आवेदन भर्न सकिनेछ । आवेदक मध्येबाट छात्रवृत्तिका लागि विद्यार्थी छान्न लिइने परीक्षा महानगरपालिकाले जनाएको छ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १ सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिनेछन् । परीक्षा साउन ४ गते विहान ०८ बजेदेखि  १० बजेसम्म परीक्षा हुनेछ ।

अनलाइन फाराम भर्न चाहिने कागजातहरू
-पासपोर्ट साईजको फोटो
-नागरिकताको प्रमाण पत्र वा जन्म दर्ताको प्रमाण पत्र
-SEE को चारित्रिक प्रमाण पत्र वा ट्रान्सफर प्रमाणपत्र वा विद्यालयको सिफारिस पत्र
-SEE प्रवेश पत्र (रुजुको लागि मात्र)
-सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि अनुसूची १ बमोजिमको सिफारिस पत्र
-संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीका लागि अनुसूची २ बमोजिमको सिफारिस पत्र
-आरक्षणका लागि तोकिए बमोजिमको सिफारिस पत्र
– काठमाडौँ महानगरपालिकाको स्थायी बासिन्दा र ल्यान्ड फिल्ड साइडका बासिन्दाको हकमा सोही स्थानमा बसोबास भएको सिफारिस/कागजात
-सिफारिसको ढाँचा kathmandu.gov.np मा हेर्न सकिन्छ ।
पेस गरेका विवरणहरू झुठो ठहरेमा त्यस्ता उम्मेदवारहरूको आवेदन फाराम रद्द गरिनुका साथै भर्ना भइसकेको भए पनि भर्ना समेत रद्द गरी शैक्षिक कार्यक्रमबाट निष्कासन गरिनेछ।
भोलि शनिवार बिहान १० बजेबाट फाराम भर्न सकिने छ ।
फाराम भर्नका लागि : https://entrance.kathmandu.gov.np/

 

449282238 791389489835272 5032358285104503779 n https://bajarkochirfar.com/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81-%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%b2%e0%a5%87-%e0%a4%95%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%be | %tags

#bajarkochirfar #bazarkochirfar

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स