काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि हरेक साँझ साढे ५ देखि ११ बजेसम्म आफ्नो कार्यालय परिसरमा निःशुल्क सवारी पार्किङ सेवा उपलब्ध गराउने भएको छ। यो सुविधा दुई पाङ्ग्रे र चार पाङ्ग्रे दुवै सवारीका लागि लागू हुनेछ।
कमलादी, पुतलीसडक, दरबारमार्ग, हात्तीसार र कमलपोखरी क्षेत्रका पार्किङ समस्यामा सहजता हुनेछ। पार्किङ व्यवस्थापन महानगर प्रहरी बलले गर्नेछ। सवारीधनीले काठमाडौं प्लाजा परिसरमा पार्किङ गर्न सक्नेछन्।


प्रतिकृया