नेपालका लागि बीवाईडीको आधिकारिक वितरक सिमेक्स इंकले २०२४ भेरियन्टको नयाँ बीवाईडी एट्टो ३ सार्वजनिक गरेको छ। यो विद्युतीय एसयूभी दुई आकर्षक भेरिएन्ट एड्भान्स्डमा र सुपेरियरमा उपलब्ध छ, जसले आधुनिक डिजाइन र अत्याधुनिक सुविधासहित नेपाली बजारमा पाइला राखेको छ।
एड्भान्स्ड भेरिएन्टमा ४९.९२ किलोवाट आवरको ब्याट्री छ, जुन ५६ लाख ९० हजार रुपैयाँमा उपलब्ध छ। सुपेरियर भेरिएन्टमा भने ६०.४८ किलोवाट आवरको ब्याट्री राखिएको छ, जसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको छ। यी दुवै भेरिएन्टमा १०० किलोवाटको शक्तिशाली मोटर रहेको छ, जसले ३१० एनएम टर्क उत्पादन गर्छ।
एड्भान्स्ड भेरिएन्टमा ४९.९२ किलोवाट आवरको ब्याट्री छ, जसले ३४५ किलोमिटरको दूरी प्रदान गर्छ। १०० किलोवाटको मोटरसँग यो गाडीले ० देखि १०० किलोमिटर प्रतिघण्टा गति ९.७ सेकेन्डमै हासिल गर्छ। १६८० केजी तौल र १७५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्ससहित यो गाडी विभिन्न प्रकारका सडकमा सजिलै चलाउन सकिन्छ। ७० किलोवाटको चार्जर प्रयोग गरी ब्याट्रीलाई ४५ मिनेटमै चार्ज गर्न सकिन्छ। बुटको क्षमता ४४० लिटर छ, जसलाई १३४० लिटरसम्म विस्तार गर्न सकिन्छ। १५.६ इन्चको डिस्प्लेले आधुनिक इन्फोटेनमेन्ट प्रणालीको अनुभव दिन्छ।
सुपेरियर भेरिएन्टमा ६०.४८ किलोवाट आवरको ब्याट्री राखिएको छ, जसले ४२० किलोमिटरको यात्रा दूरी प्रदान गर्छ। १०० किलोवाटको मोटर रहेको यो गाडीले ३१० एनएम टर्क उत्पादन गर्छ। यो गाडीको तौल १७५० केजी छ र १७५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स छ। ८० किलोवाटको चार्जरले ४५ मिनेटमा ब्याट्रीलाई पूर्ण चार्ज गर्न सकिन्छ। १५.६ इन्चको डिस्प्ले रहेको छ। साथै गाडीले ०-१०० किलोमिटर प्रतिघण्टाको गति ९.७ सेकेन्डमा हासिल गर्छं।


प्रतिकृया