कर्मचारीका मागका सम्बन्धमा समिति गठन

कर्मचारीका मागका सम्बन्धमा समिति गठन
AdvertisementAds

सङ्घीय संसद् सचिवालयका कर्मचारीका माग सम्बोधन गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उक्त समिति गठन गर्ने निर्णय भएको हो । सो समितिमा सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी सदस्य रहेका छन् ।

बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमान पुन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गिरी सहभागी थिए । मुख्य सचिव डा बैकुण्ठ अर्याल र सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय पनि बैठकमा उपस्थित भएका थिए  ।

सभामुखले संसद् सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफल गरिरहेका उनका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

#Bajarkochirfar #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स