करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख २४ गते
करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो वर्ष वृद्धि भएको छ ।

गत वर्ष चैत मसान्तसम्म १२ अर्ब १६ करोड राजश्व संकलन भएको थियो । यो वर्ष चैत मसान्तसम्म उक्त रकममा १.५३ प्रतिशतले वृद्धि भएको आन्तरिक राजश्व कार्यालयका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए ।

उनले चालु आर्थिक वर्षको बाँकी दुई महिनामा सो वृद्धिदर थप बढ्ने अनुमान गरे । देशभर ३९ वटा करदाता सेवा कार्यालय छन् ।

ती कार्यालयहरुले करदातालाई पायक पर्ने स्थानबाट आयकर, मुल्य अभिवृद्धिकर, अन्तशुल्क तथा शिक्षा र स्वास्थ्य क्षेत्रको कर संकलन गर्दै आएका छन् ।

यसैबीच आन्तरिक राजश्व कार्यालयले ३९ वटै करदाता सेवा कार्यालयका प्रमुखसहित कर्मचारीहरुको कार्यसम्पादन समीक्षा सम्पन्न गरेको छ । सबै कार्यालयका कर्मचारीसँग आफूले भर्चुअल माध्यम द्वारा कार्यसम्पादन समीक्षा गरेको जानकारी दिए ।

समीक्षामा उनले राजश्व निगरानी र करदाता सचेतना बढाउन निर्देशन दिए । तिवारीले अनुशासित भएर सरल र बिना झण्झट सेवा प्रवाह गर्न आग्रह गरे ।

#bajarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स