एसएस फाउन्डेसनले फुटबल टोेलीकी मिडफिल्डर अमिषा कार्कीलाई गर्यो नगदसहित सम्मान

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १६ गते
एसएस फाउन्डेसनले फुटबल टोेलीकी मिडफिल्डर अमिषा कार्कीलाई गर्यो नगदसहित सम्मान

एसएस फाउन्डेसनले नेपाली महिला राष्ट्रिय फुटबल टोेलीकी मिडफिल्डर अमिषा कार्कीलाई आज नगदसहित सम्मान गरेको छ । महिला साफ च्याम्पियनसिपको फाइनलमा गोल गरेवापत कार्कीलाई आज आयोजित एक कार्यक्रममा एसएस फाउन्डेसनका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले सम्मान गरेका हुन् ।

सम्मान स्वरुप कार्कीले रु एक लाख प्राप्त गरिन । अमिशाले यस किसिमको सम्मानले आफुलाई थप हौसला मिलेको बताइन । अमिषाको प्रदर्शनले नेपाली युवालाई उत्प्रेरणा मिलेको संस्थाले अर्पण गरेको सम्मानपत्रमा उल्लेख छ । अमिषाले यही कात्तिक १४ गते भएको बंगलादेशविरुद्धको फाइनल खेलमा नेपालका लागि गोल गरेकी थिइन । यद्यपि उक्त खेलमा बंगलादेशसँग नेपाल २–१ गोलअन्तरले पराजित हुदै उपविजेता बनेको थियो ।

त्यसैगरी उनले भारतविरुद्धको सेमिफाइनल खेलमा पेनाल्टी सुटआउटमा पनि गोल गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स