लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआईसी) नेपालले मंसिर १२ गतेदेखि ८८.४५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर १ सय अंकित मूल्यमा जारी गर्न लागेको हो।
कम्पनीले कात्तिक ९ गते बुक क्लोज गरिसकेकाले कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र यो हकप्रद सेयरमा आवेदन दिन योग्य हुनेछन्। यस हकप्रद शेयरमा लगानीकर्ताले पुस २ गतेसम्म आवेदन दिन सक्नेछन्।
हकप्रद निष्कासन प्रयोजनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ‘ए प्लस’ प्रदान गरेको छ। यस रेटिङ्गले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा पर्याप्त सुरक्षा रहेको देखाउँछ। हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ। हकप्रद शेयर बाँडफाँडपछि चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले एसबीआई मर्चेन्ट बैंकिङ तथा एलआईसी नेपालका पुतलीसडक, काठमाडौं स्थित स्टार मल र देशभरका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै, धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालय र मेरो सेयर प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)






प्रतिकृया