एलआईसीको २२औं वार्षिक साधारण सभा असार १३ गते बस्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ २३ गते
एलआईसीको २२औं वार्षिक साधारण सभा असार १३ गते बस्ने
AdvertisementAds

लाइफ इन्स्योरेन्स कर्पाेरेशन लिमिटेड (एलआईसी) को २२औं वार्षिक साधारण सभा असार १३ गते (बिहीबार ) बस्ने भएको छ । कम्पनीको जेठ १३ गते बसेको संचालक समितिको बैठकले सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा विहान ११ : ४५ बजेबाट बस्ने निर्णय गरेको हो ।

सभाले गत आव २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई कुनै लाभांश  नदिने निर्णय गरेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले जेठ ३२ गते एक दिन बुक क्लोज गर्नेछ । तसर्थ, जेठ ३१ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन योग्य हुनेछन् ।

#BajarkoChirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स