एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले समेत खरिद गर्न पाउने

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ६ गते
एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले समेत खरिद गर्न पाउने
एनएमबि बैंक लिमिटेडले  १ लाख २३ हजार ३२४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको उक्त  सेयर बिक्रीमा ल्याएको हो।
यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि  उक्त सेयर विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र बिक्री खुला गरिएको थियो। विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
इच्छुक लगानीकर्ताले आवश्यक पर्ने कागजात सहित  आज (कात्तिक ६ गते) बाट ७ दिनभित्र काठमाडौंको बालुवाटारस्थित एनएमबी क्यापिटल लिमिटेडको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स