एनएमबि बैंकले १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयरको बिक्री खुला गरेको छ।
यो सेयर हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न सक्नेछन्। इच्छुक विद्यमान सेयरधनीहरूले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालय, बबरमहल, काठमाडौँमा निवेदन दिनुपर्नेछ।
यदि ३५ दिनभित्र विद्यमान सेयरधनीबाट कुनै निवेदन प्राप्त नभएमा, उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।













![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया