नेपाली कांग्रेसका नेता र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको कुनै योजना नरहेको बताएका छन्। बुधबार बाह्रबिसे, सिन्धुपाल्चोकमा आयोजित एक कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री खड्काले कुलमान घिसिङलाई सरकारसँग जोडेर गरिएको प्रचारप्रसारप्रति चिन्ता व्यक्त गरेका छन्।
मन्त्री खड्काले देशको समृद्धिका लागि सम्पूर्ण नागरिकको समृद्धि आवश्यक रहेको उल्लेख गर्दै, सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए। उनले मुलुकको आर्थिक विकासका लागि ऊर्जा क्षेत्रको विकास अनिवार्य रहेको र यसमा स्थानीयवासीको सक्रिय सहभागिता आवश्यक पर्ने बताएका छन्।
उनले आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत् विदेशमा निर्यात गर्ने सरकारको लक्ष्य रहेको जानकारी दिए। हाल भारतमा ९४१ मेगावाट विद्युत् निर्यात भइरहेको उल्लेख गर्दै, बङ्गलादेशमा पनि विद्युत् निर्यात गर्ने प्रक्रिया चाँडै अघि बढाइने प्रतिबद्धता जनाए। साथै, मन्त्री खड्काले कुनै पनि जलविद्युत् र सिँचाइ योजनालाई समयमै सम्पन्न गर्नका लागि स्थानीय बासिन्दाको दबाबको आवश्यकता रहेको बताए।








![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया