उड्डयन मन्त्रालयले भन्यो, “अन्तर्राष्ट्रिय उडानमा भाडा धेरै लिएको भेटिए उजुरी दिनू”

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १० गते
उड्डयन मन्त्रालयले भन्यो, “अन्तर्राष्ट्रिय उडानमा भाडा धेरै लिएको भेटिए उजुरी दिनू”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा अस्वाभाविक भाडा तिर्नुपरेको गुनासो आए उजुरी गर्न आग्रह गरेको छ।

पछिल्लो समय हवाई भाडा महँगो भएको भन्दै व्यापक आलोचना भइरहेको बेला मन्त्रालयले यस विषयमा छानबिन गर्न अध्ययन कार्यदल गठन गरेको छ।

मन्त्रालयले सूचना जारी गर्दै भन्यो, “यदि उच्च दरको हवाई टिकट खरिद गरिएको विषयमा कुनै गुनासो भएमा, आवश्यक प्रमाण सहित उजुरी दिनुहोस्।” उजुरीका लागि हवाई टिकटको प्रतिलिपि, टिकट खरिद गरेको संस्थाको विवरण, बिल र भौचर समेत संलग्न गर्न मन्त्रालयले अनुरोध गरेको छ।

उजुरीहरू इमेलमार्फत पनि दिन सकिने व्यवस्था गरिएको छ। मन्त्रालयले यात्रुहरूको समस्यामा सम्बोधन गर्न तुरुन्त कदम चाल्ने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स