instainsta

मनसुनको प्रभावले देशभर हल्का वर्षाको सम्भावना

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १२ गते
मनसुनको प्रभावले देशभर हल्का वर्षाको सम्भावना
AdvertisementAds

मनसुनी वायुको प्रभाव कायमै रहेकाले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बाग्मती, र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।

राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स