आज कति पुग्यो तरकारीको मुल्य ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण ७ गते
आज कति पुग्यो तरकारीको मुल्य ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ७० रुपैयाँ र गोलभेँडा सानो लोकलको २० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, आलु रातोको ७२, आलु सेतोको ५५, काउली स्थानीयको ९०, मकैबोडीको १४०, लौकाको ८० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, प्याज हरियोको २००, केरा दर्जनको १५०, अनारको ४०० रुपैयाँ कायम हुँदा स्कुसको ९० र कुरिलोको ३५० रुपैयाँ कायम भएको छ ।

साथै, राजा च्याउको ३००, लसुन सुकेको नेपालीको २००, अदुवाको २४० रुपैयाँ कायम भएको समितिले बताएको छ।

दैनिक मूल्यहरु – वि.सं. साउन ०७, २०८१

स्रोत: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स