सिड इनर्जी लिमिटेडले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । असोज १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारणसभा आगामी कात्तिक ९ गते सभा आह्वान गरेको हो। सभा ललितपुरको जावलाखेलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा २ बजेदेखि सुरु हुनेछ ।
उक्त सभामा कम्पनीको सार्वजनिक निष्काशन (आइपीओ) निष्कासनलाई निरन्तरता दिने विशेष प्रस्ताव पारित गरिनेछ । त्यस्तै, सभामा सञ्चालक समितिले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहितको २०८१ असार मसान्तसम्मको वासलात, सोही मितिमा समाप्त भएको आव २०८०/८१ को नाफा / नोक्सान हिसाब तथा नगद प्रवाहको विवरण र सम्बन्धित अनुसूचिहरुमाथि छलफल गरी पारित गर्ने र सञ्चालक समितिले आव २०८०/८१ मा गरेका निर्णयहरु तथा कार्यहरुको अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ ।
साथै, सभामा आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।











![इतिहासकै सबैभन्दा ठूलो IPO को कथा, के छ त्यस्तो Elon Musk को SPACE X मा ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-4-768x432.jpg)





प्रतिकृया