आइएमई लाइफ इन्स्योरेन्सको सातौंं वार्षिक साधारण सभा भोलि, लाभांश सहित यस्ता छन् एजेण्डा

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ २७ गते
आइएमई लाइफ इन्स्योरेन्सको सातौंं वार्षिक साधारण सभा भोलि, लाभांश सहित यस्ता छन् एजेण्डा
AdvertisementAds

आइएमई लाइफ इन्स्योरेन्सले सातौंं वार्षिक साधारण सभा भोलि ( सोमबार) बस्ने भएको छ । सभा आम्रपाली ब्याङकेट क्याटरिङ एण्ड इभेन्ट भाटभटेनी नक्साल काठमाडौंमा विहान ११ बजेबाट सुरु हुनेछ।

सभामा कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । त्यस्तै, सभाले आर्थिक वर्ष २०७९ ८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।कम्पनीको गत पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा रित्त रहेको संस्थापक सेयरधनी समूहमा बाँकी कार्यकालका लागि संस्थाफक सेयरधनीहरुबाट सञ्चालकहरुको नियुक्ती गरेकोमा सो नियुत्त सभाले अनुमोदन गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ १४ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स