काठमाडौँको चन्द्रागिरि नगरपालिकाले नगरको आर्थिक ऐन २०८१ अनुसार चालु आर्थिक वर्ष २०८१/८२ का लागि विभिन्न शीर्षकको कर असोज मसान्तभित्र बुझाएमा २५ प्रतिशत छुट दिने भएको छ ।
बुधबार एक सूचना जारी गर्दै नगरले चालु आर्थिक वर्षको सम्पत्ति कर, मालपोत कर, बहाल कर र व्यवसाय कर असोज मसान्तभित्र चुक्ता गरेमा कूल रकममा २५ प्रतिशत छुट दिने भएको हो ।
यसैगरी नगरले महिलाको नाउँमा व्यवसाय दर्ता लाग्ने दस्तुरमा ५० प्रतिशत छुट दिने भएको छ ।
महिला र पुरुषको साझेदारीमा व्यवसाय दर्ता गर्दा लाग्ने दस्तुरमा २५ छुट उपलब्ध गराइने नगरका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिए ।
यस्तै, महिला, अपाङ्गता तथा लैङ्गिक अल्पसङ्ख्यक उद्यमीको स्वामित्वमा सञ्चालित घरेलु उद्योग दर्ता शुल्कमा ५० प्रतिशत छुट हुने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।








![Portfolio Rebalancing कसरी गर्ने ? ‘Hold’ is ‘Gold’ बकवास Idea ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/11/RTxVSaCTsV8-maxresdefault-768x432.jpg)






![५ हजार रुपैयाँबाट सुरु गरेको चिया पसल, अहिले ७ वटा आउटलेट र ८० जनालाई रोजगारी! [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/11/918570907_4796861087221291_8454989320759341431_n-768x432.jpg)


![Portfolio Rebalancing कसरी गर्ने ? ‘Hold’ is ‘Gold’ बकवास Idea ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/11/RTxVSaCTsV8-maxresdefault-150x150.jpg)


प्रतिकृया