अविरल वर्षाका कारण हालसम्म ७८ जनाले ज्यान गुमाए, १० करोड बढीको क्षति

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २५ गते
अविरल वर्षाका कारण हालसम्म ७८ जनाले ज्यान गुमाए, १० करोड बढीको क्षति

अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन् भने  १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि आज विहानसम्म बाढीपहिरोमा परेर ९० जनाघाइते र पाँचजना वेपत्ता भएका छन् ।

बाढीपहिराका कारण तीन सय ८१ पशु चौपायको मरेका, ९८ गोठमा क्षति भएको, पाँच सय ९५ घर विस्थापित भएका छन् । विपद् व्यवस्थापनका निम्ति पाँच हजार ४१ प्रहरी परिचालन गरिएको छ ।
बाढीपहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ ।

यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अविरल वर्षाका कारण देशभर एक हजार २८ घटना भएका र त्यसबाट  १० करोड १८ लाख ८५ हजार सात सय रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स