अर्थमन्त्री पौडेल भन्छन्, “देशमै रोजगारी सिर्जना बढाउने नीति अहिलेको सरकारको छ”

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन २२ गते
अर्थमन्त्री पौडेल भन्छन्, “देशमै रोजगारी सिर्जना बढाउने नीति अहिलेको सरकारको छ”

अर्थमन्त्री विष्णु पौडेलले मंगलबार राजधानीमा आयोजित अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको २६ औं क्षेत्रीय परिषद्को उद्घाटन समारोहमा श्रमिकका मुद्दाहरु कुनै एउटा मुलुकको मात्र नभई विश्वव्यापी साझा समस्याका रूपमा रहेको बताएका छन्। उनले यस्ता समस्याहरू सामूहिक प्रयासबाट मात्रै समाधान गर्न सकिने विश्वास व्यक्त गरे।

उनले भने, “श्रमिकका मुद्दाहरू कुनै एक देशको मात्र समस्या होइनन्। यी समस्याहरूलाई सामूहिक प्रयासबाट मात्र समाधान गर्न सकिन्छ।”

सरकारले सबै नागरिकलाई काम गर्ने अधिकार सुनिश्चित गर्दै श्रम शक्तिलाई देशको मुख्य सामाजिक आर्थिक शक्तिका रूपमा स्वीकार गरेको पनि मन्त्री पौडेलले उल्लेख गरे। श्रमिक वर्गलाई दक्ष र व्यवसायिक बनाउने तथा स्वदेशमै रोजगारीको अवसरहरू सिर्जना गर्ने नीति सरकारको प्राथमिकतामा रहेको उनको भनाइ थियो।

उनले भने, “सरकारले श्रम शक्तिलाई दक्ष, व्यवसायिक र स्वदेशमै रोजगारी सिर्जनाको अभिवृद्धि गर्ने नीति अवलम्बन गरेको छ।”

मन्त्री पौडेलले श्रमिकहरूको न्यूनतम पारिश्रमिकलाई समय सापेक्ष परिमार्जन र समायोजन गर्ने नीति पनि सरकारले कार्यान्वयन गरिरहेको दाबी गरे।

यस अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले जलवायु परिवर्तनका कारण नेपालमा बाढी, पहिरो जस्ता प्राकृतिक विपत्तिहरूले श्रमिक वर्गलाई पारेको असर र तिनको न्यायोचित समाधानका लागि नेपालले आवाज उठाउने जानकारी दिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स