अपि पावरको साधारण सभा र बुक क्लोज मिति स्थगित, नयाँ मिति कहिले?

अपि पावरको साधारण सभा र बुक क्लोज मिति स्थगित, नयाँ मिति कहिले?

अपि पावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा र बुक क्लोजको मिति हाललाई स्थगित भएको छ । कम्पनीले कात्तिक १ गते साधारण सभा गर्ने निर्णय गरेको थियो । साथै, साधारण सभा प्रयोजनका लागि असोज १६ गते १ दिन बुक कलोज गर्न लागेको कम्पनीले हाललाई बुक क्लोजको मिति समेत स्थगित गरेको हो ।

कम्पनीको असोज १५ गते बसेको संचालक समितिको बैठकले विद्युत नियमन आयोगमा कम्पनीले पेश गरेको लाभांश सम्बन्धीको प्रस्ताव विचाराधीन अवस्थामा रहेकाले हाललाई साधारण सभा र बुक क्लोज हुने मिति स्थगित गरेको जनाएको छ ।

कम्पनीले गत आव २०८०/८१ को खुद मुनाफा तथा सेयर प्रिमियमबाट कायम रहेको चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ०.७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश घोषणा गरेको थियो । तर नियामक निकाय विद्युत नियमन आयोगले उक्त लाभांश वितरण गर्न नमिल्ने जनाएको थियो । आयोगले कम्पनीले अवास्तविक नाफा देखाएर बोनस सेयर वितरण गर्न खोजेको र हिसाबकिताबमा कैफियत देखिएको भन्दै प्रस्तावित लाभांश वितरण गर्न रोक लगाएको थियो ।

साथै, विद्युत नियमन आयोगबाट पुनरावलोकन भई निर्णय जारी भएपश्चात् अर्को सुचना जारी गरी कम्पनीको स्थगित २१ औं वार्षिक साधारणसभा तथा सेयर दर्ता किताब बन्द हुने मिति पुनः तय गरिने कम्पनीले उल्लेख गरेको छ ।

API POWER https://bajarkochirfar.com/%e0%a4%85%e0%a4%aa%e0%a4%bf-%e0%a4%aa%e0%a4%be%e0%a4%b5%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%be%e0%a4%a7%e0%a4%be%e0%a4%b0%e0%a4%a3-%e0%a4%b8%e0%a4%ad%e0%a4%be-%e0%a4%b0-%e0%a4%ac%e0%a5%81 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स