अन्तरविद्यालय राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुँदै

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १० गते
अन्तरविद्यालय राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुँदै

केकेएम/एनआर अन्तरविद्यालय राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुने भएको छ । काठमाडौं खेल मण्डल (केकेएम)/न्युरोड टिम (एनआरटी) ले आफ्नो ९० औं वार्षिकोत्सवका अवसरमा आगामी भदौ ११ देखि १३ गते सम्म उक्त प्रतियोगिता गर्न लागेको हो ।

काठमाडौं खेल मण्डल (केकेएम)/न्युरोड टिम (एनआरटी) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दियो । प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् ।

उक्त प्रतियोगितामा कुल ४३ विधालयका एक सय ९२ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा ब्वाइज/गल्र्स टिम, यु–१६ ब्वाइज/गल्र्स एकल तथा यु–१२ ब्वाइज/गल्र्स एकल गरी कुल ६ विधा समावेश गरिएको छ । यु–१६ र १२ का शीर्ष तीनले क्रमश : २०, १० र ५ हजार रुपैयाँका साथ ट्रफी र पदक प्राप्त गर्नेछन् । प्रतियोगितामा अखिल नेपाल टेबल टेनिस संघको प्राविधिक सहयोग रहनेछ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

सिफारिस

होमपेजबिज शर्ट्स