अटोमोबाइल लक्जरी वस्तु नभएर दैनिक आवश्यकता हो: अध्यक्ष ढकाल

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ११ गते
अटोमोबाइल लक्जरी वस्तु नभएर दैनिक आवश्यकता हो: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटोमोबाइललाई लक्जरी वस्तु नभइ आधारभूत आवश्यकताको सामानको रूपमा मान्नुपर्ने बताएका छन्। मंगलबार नाडा अटो शो २०२४ को उद्घाटन कार्यक्रममा अध्यक्ष ढकालले यो विचार प्रस्तुत गर्दै अटोमोबाइललाई नीति अनुसार लक्जरीको श्रेणीमा राख्नु गलत भएको टिप्पणी गरे।

अध्यक्ष ढकालले भने, “अटोमोबाइललाई नीतिगत रूपमा लक्जरी वस्तु मानिन्छ, तर यो दैनिक जीवनको आवश्यकता हो। यदि हामी यस परिभाषामा परिवर्तन ल्याउँछौं भने, अटोमोबाइल क्षेत्रका थुप्रै समस्याहरू समाधान गर्न सकिन्छ।” उनले लक्जरी वस्तुको रूपमा अटोमोबाइललाई राख्दा बैंक र वित्तीय संस्थाहरूको कर्जा प्रवाहमा व्यवसायीलाई कठिनाइ हुने बताए।

ढकालले इलेक्ट्रिक सवारी साधनको आयात अत्यधिक रहेको भए पनि, यसअनुसार पूर्वाधारमा पनि लगानी गर्न र प्राथमिकता दिन आवश्यक रहेको उल्लेख गरे। उनले अटोमोबाइलका पार्ट्स चोरीको समस्यासमेत उठाउँदै, यसलाई नियन्त्रणमा राख्नको लागि कडाइ अपनाउनुपर्ने आवश्यकता भएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स