सीईडीबी हाइड्रोपावरले डाक्यो साधारणसभा, बुक क्लोज मिति कहिले?
सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले कात्तिक २० गते कालिमाटीस्थित कालिमाटी ब्याङ्क्वेटमा बिहानको ८ बजे सभा बोलाएको हो।
सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियामक निकायको निर्देशन अनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा थपघट गर्न आवश्यक भएमा सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ । साथै,सभाले कम्पनीको ५ जना संचालकहरूको नियुक्ति गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
विशेष सभा प्रयोजनार्थ कम्पनीले कात्तिक १२ गते बुक क्लोज तय गरेको छ । जस अनुसार कात्तिक ११ गतेसम्म कायम से सेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन्।