Advertisement
Ads

लामिछानेलाई अनुसन्धानका लागि थप १० दिन हिरासतमा राख्न अदालतले दियो आदेश



Advertisement
Ads

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

मंगलबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिनको हिरासतका लागि अनुमति दिएका हुन्।


Advertisement

अनुसन्धानका लागि प्रहरी र सरकारी वकिलले २५ दिनको म्याद माग गरे पनि अदालतले मात्र १० दिनको अनुमति दिएको हो।

लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धिकरणको आरोपमा अनुसन्धान चलिरहेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर