पेट्रोलियम पदार्थमा फेरि महँगो, पेट्रोल र डिजेलको नयाँ मूल्य कति?
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ, जसअनुसार आज (बुधबार) बिहान १ बजेदेखि पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल/मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य बढेको छ।
नयाँ मूल्यसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १५९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५१ रुपैयाँ पुगेको छ।
भारतीय आयल कर्पोरेसनले अक्टोबर १५ मा पठाएको नयाँ मूल्य सूचीअनुसार स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार यो वृद्धि गरिएको हो।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।