नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय हवाई टिकट अब फोन गरेरै काट्न मिल्ने

नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय हवाई टिकट अब फोन गरेरै काट्न मिल्ने
Advertisement Ads

नेपाल वायुसेवा निगम (नेवानि)ले अन्तर्राष्ट्रिय गन्तव्यका हवाई टिकट अब फोनमार्फत पनि बुकिङ तथा खरिद गर्न सकिने सुविधा सुरु गरेको छ।

निगमका अनुसार कार्यालय समयभित्र ९७७–०१–५७१८५३८ नम्बरमा फोन गरेर यात्रुले टिकट बुकिङ गर्न वा खरिद गर्न सक्नेछन्। यसअघि निगमको बिक्री कक्ष, आधिकारिक वेबसाइट र मोबाइल एपमार्फत टिकट काट्ने सुविधा उपलब्ध थियो।

फोनमार्फत यात्रुले आफू जान चाहेको गन्तव्यबारे जानकारी लिनुका साथै बुकिङका लागि आवश्यक विवरण, इमेल, मोबाइल नम्बर र आवश्यक कागजात उपलब्ध गराउन सक्ने निगमले जनाएको छ।

बुकिङ प्रक्रिया पूरा भएपछि टिकटको शुल्कसम्बन्धी क्यूआर मोबाइलमा प्राप्त हुने र त्यसमार्फत घरमै बसेर टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको निगमले जानकारी दिएको छ।

notice 1785151293537 https://bajarkochirfar.com/nepal-airlines-corporations-international-flight-tickets-can-now-be-purchased-by-phone | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स