नेको इन्स्योरेन्सले १२ लाख कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। कम्पनीले हालका लागि यो सेयर खरिदको अवसर संस्थापक सेयरधनीलाई मात्र उपलब्ध गराएको जनाएको छ।
बिक्रीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ। इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ।
कम्पनीका अनुसार आवेदन काठमाडौंको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा बुझाउन सकिनेछ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै निवेदन नपरेमा बाँकी सेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।




















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)
प्रतिकृया