शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले युवा पुस्तालाई रोजगारी खोज्नेभन्दा रोजगारी सिर्जना गर्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिएका छन्। पूर्वाञ्चल विश्वविद्यालयको १४औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विद्यार्थीहरूलाई उद्यमशीलतामा लाग्न आग्रह गरेका हुन्।
मन्त्री पोखरेलले प्राप्त ज्ञान, सीप र विवेकको सही सदुपयोग गरे मात्रै नेपाललाई सबल, सक्षम र समृद्ध राष्ट्र बनाउन सकिने उल्लेख गरे। उनले पूर्वाञ्चल विश्वविद्यालयले स्थापनाको करिब तीन दशकमा देशको विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सफल भएकोमा प्रशंसा व्यक्त गर्दै सरकारले शिक्षालाई गुणस्तरीय, व्यावहारिक र अनुसन्धानमुखी बनाउने दिशामा महत्त्वपूर्ण कदम चालिरहेको जानकारी दिए।
समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गरेका ६ हजार ७०६ विद्यार्थी दीक्षित भएका थिए। त्यसमध्ये उत्कृष्ट अङ्क हासिल गर्ने २१ जना विद्यार्थीलाई मन्त्री पोखरेलले स्वर्ण पदकसहित प्रमाणपत्र प्रदान गरेका थिए।















प्रतिकृया