चैत्र ८ गतेदेखि आईपीओ निष्काशन गर्दै याम्बलिङ्ग हाइड्रोपावर, क-कसले भर्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २८ गते
चैत्र ८ गतेदेखि आईपीओ निष्काशन गर्दै याम्बलिङ्ग हाइड्रोपावर, क-कसले भर्न पाउने ?

याम्बलिङ्ग हाइड्रोपावर लिमिटेडले चैत्र ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीले आयोजनाको प्रभावित सिन्धुपाल्चोक जिल्लाका जुगल गाउँपालिकाका वडानम्बर १ देखि ७ सम्मका स्थानीयका लागि ७ लाख कित्ता सेयर निष्काशन गर्नेछ। स्थानीयले न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्, जसको छिटोमा अन्तिम मिति चैत्र २२ गते र पर्याप्त आवेदन नपरेमा ढिलोमा वैशाख ७ गतेसम्म रहनेछ।

त्यसैगरी, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख १० हजार कित्ता सेयर निष्काशन गरिनेछ, जसका लागि न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ र आवेदनको अन्तिम मिति चैत्र ११ गते तोकिएको छ।

नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। यस अन्तर्गत कम्पनीले कुल २८ लाख कित्ता शेयर, २८ करोड रुपैयाँ बराबर, निष्काशन गर्नेछ र यसको बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटल रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स