याम्बालिङ हाइड्रोपावरको आईपीओ भर्ने म्याद थप, अब कहिलेसम्म भर्न सकिने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २२ गते
याम्बालिङ हाइड्रोपावरको आईपीओ भर्ने म्याद थप, अब कहिलेसम्म भर्न सकिने ?
AdvertisementAds

आयोजना प्रभावित स्थानीयले याम्बालिङ हाइड्रोपावरको आईपीओमा अब आउँदो वैशाख ७ गतेसम्म आवेदन दिन पाउने भएका छन्।

धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार यसअघि आज (चैत २२ गते)सम्म आवेदन दिने म्याद तोकिएको थियो। तर मागअनुसार आवेदन नपरेकाले म्याद थप गरिएको हो। साथै, तोकिएको समयअघि नै मागभन्दा बढी आवेदन परेमा जुनसुकै बेला सूचना प्रकाशित गरी निष्काशन बन्द गरिने पनि क्यापिटलले जनाएको छ।

कम्पनीले गत चैत ८ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने चैत ११ गतेसम्म मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।

कुल ७० करोड रुपैयाँ जारी पुँजी रहेको कम्पनीले यसको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको छ। पहिलो चरणमा यसमध्ये ७ लाख कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।

यो आईपीओमा सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं. १ देखि ७ सम्मका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। उनीहरूले सिन्धु विकास बैंक, कुमारी बैंकको जुगल गाउँपालिका शाखा तथा सिन्धु विकास बैंकको चौतारा शाखाबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

AdvertisementAds

आवेदन गर्दा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स