नेपाली बजारमा यामाहाको नयाँ अफरोड मोटरसाइकल बिक्री सुरू, मूल्य कति पर्छ ?

नेपाली बजारमा यामाहाको नयाँ अफरोड मोटरसाइकल बिक्री सुरू, मूल्य कति पर्छ ?

यामाहाको बहुप्रतीक्षित मोटरसाइकल डब्लूआर १५५ अब नेपाली बजारमा आधिकारिक रूपमा बिक्री सुरू भएको छ। कम्पनीले नाडा अटो शो २०२४ मा पहिलो पटक सार्वजनिक गरेको यो मोटरसाइकलको डेलिभरी सुरू भइसकेको छ। नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लू राइड ले ७ लाख ४९ हजार ९०० रुपैयाँ तोकी बिक्री सुरू गरेको हो। फेब्रुअरी पहिलो सातादेखि कम्पनीले टेस्ट ड्राइभ तथा बुकिङ खुला गरिसकेको थियो।

डब्लूआर १५५ अफरोडका लागि विशेष रूपमा डिजाइन गरिएको छ। यसमा १५५ सीसी क्षमताको लिक्विड-कुल्ड, भोर भल्भ, एसओएचसी भीभीए इन्जिन छ, जसले १०,००० आरपीएममा १६.७ पीएस पावर र ६,५०० आरपीएममा १४.३ न्यूटन मिटर टर्क प्रदान गर्छ। मोटरसाइकलमा ८.१ लिटर क्षमताको इन्धन ट्याङ्क, ८८० एमएमको सिट हाइट, र २४५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स रहेको छ। यसमा अगाडि ४१ एमएम टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ। साथै, अगाडि २१ इन्च र पछाडि १८ इन्चका स्पोक ह्वील राखिएको छ, जसले अफरोड र सहरी दुबै क्षेत्रमा उत्कृष्ट प्रदर्शन दिन्छ।

मोटरसाइकलको एलसीडी इन्ट्रुमेन्ट क्लष्टर मा ओडो मिटर, ट्रिप मिटर, औषत इन्धन खपत, गियर पोजिसन जस्ता जानकारी उपलब्ध छन्। अफरोड तथा सहरी दुबै बाटोसँग सुहाउँदो ड्यूल पर्पोज टायर राखिएको छ। कम्पनीका अनुसार डब्लूआर १५५ नेपाली बजारमा कालो र नीलो रंगमा उपलब्ध छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स