गरिमा क्यापिटल लिमिटेडले सञ्चालित ‘गरिमा समृद्धि योजना’ ले आर्थिक वर्ष २०८१/८२ का लागि नगद लाभांश घोषणा गरेको छ। साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले इकाईधनीलाई कर सहित ५.१० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
यो योजना गरिमा विकास बैंकको प्रवद्र्धनमा सञ्चालित म्युचुअल फण्ड हो। फण्डले संचालनमा आएको करिब ६ महिनामै लाभांश घोषणा गरेको हो। क्यापिटलका अनुसार लाभांश वितरण गर्दा कुल ६ करोड ३७ लाख ५० हजार रुपैयाँ वितरण हुनेछ।
कम्पनीले लाभांश वितरणका लागि बुक क्लोज मिति साउन २७ गते तोकेको छ। त्यसैले साउन २६ गतेसम्म कायम रहने इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्। लाभांश रकम लगानीकर्ताको डिम्याट खातासँग लिंक भएको बैंक खातामा सिधै जम्मा गरिने क्यापिटलले जानकारी दिएको छ।


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया